करेन्ट लागेर नगरविकास समतिका पूर्व अध्यक्षको मृत्यु

 असार २४, २०७५ आइतबार १५:९:४१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नीलकण्ठ नगरपालिका वडा नम्बर–३, धादिङबेसी नगर विकास समितिका पूर्व अध्यक्ष ५५ वर्षीय केशबराज अधिकारीको आइतबार करेन्ट लागेर ज्यान गएको छ ।

घर नजिकै खेतमा खोलाबाट पानी लगाउन लाग्दा पानीतान्ने मोटरको तारबाट करेन्ट लागेर घटनास्थलमै उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।  अधिकारी सामाजिक कार्यकर्ता एवं धादिङबेसी नगरविकास समितिका पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

यसअघि बनाइएको नयाँ घरमा पानी लगाउनलाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीका अर्जुन श्रेष्ठको पनि ज्यान गएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया