रसुवागढी भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

 साउन २, २०७६ बिहिबार १७:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्ष २०७५-७६ मा वार्षिक लक्ष्यभन्दा १ अर्ब ९ करोड ६१ लाख ५७ हजार बढी राजस्व सङ्कलन गरेको छ । 

रसुवागढी भन्सारलाई ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार राजस्व लक्ष्य दिइएको थियो जसमा कार्यालयले १० अर्ब ६० करोड २४ लाख १९ हजार राजस्व उठाएको हो । 

आयात तथा निर्यात बढ्दै गएका कारण राजस्व संकलन पनि बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । २०७१ मंसिरदेखि सञ्चालनमा आएको नाकामा अघिल्ला वर्षहरूमा ४ अर्बसम्म राजस्व संकलन भएको थियो । 

रसुवागढी नाकाबाट अघिल्लाे आर्थिक वर्षमा तयारी सामग्री, इलेक्ट्रोनिक सामान र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने सामग्री आयात भएको छ । अन्य समयमा भने यस नाकाबाट सबैभन्दा धेरै स्याउ, तयारी पोसाक, चस्मा लगायतका सामग्री आयात हुने गर्दछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया