उच्च र जिल्ला अदालतका २३४ न्यायाधीशको सरुवा, को कहाँ ?

 साउन २, २०७६ बिहिबार १७:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको न्याय परिषद्को बैठकले एकैपटक २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको हो । सरुवा हुनेमध्ये उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश रहेका छन् ।

पछिल्लो समय न्यायालय सुधारको काम गरिरहेका प्रधानन्यायाधीश राणाले विवादित निर्णय गरेका न्यायाधीशलाई सरुवामा महत्व दिनुभएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया