फाप्लु विमानस्थल निर्माणका ठेकेदारलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

 साउन २, २०७६ बिहिबार १७:४६:७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु विमानस्थलको पार्किङ निर्माणमा ठेकेदार कम्पनीको लापर्वाही देखिएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले ७ दिन भित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

‘फाप्लु विमानस्थल पहिरोको जोखिममा’ र ‘बनाएर नसक्दै भत्कियो फाप्लु विमानस्थलको पार्किङ’ शीर्षकको समाचार उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनमा असार ३० गते प्रकाशित भएपछि प्रशासनले निरीक्षण पश्चात यस्तो आदेश दिएको हो ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नागरिक उड्डयन प्राधिकरण जिल्ला कार्यालय फाप्लुलाई परिपत्र गर्दै साउन १ गतेको मितिले ७ दिनभित्र सम्बन्धित ठेकेदारलाई लिखित जवाफसहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित हुन आदेश दिएको हो । 

पत्रमा लेखिएको छ,

‘यही असार ३० गते उज्यालो रेडियो नेटवर्कमा फाप्लु विमानस्थल पहिरोको जोखिममा शीर्षकको समाचार सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले विमान स्थलको स्थलगत निरीक्षण गर्दा प्रकाशित समाचारबमोजिम नै विमानस्थलको माथिल्लो भागमा पहिरो जान थालेको, विमान स्थलको घेराबार पहिरोको जोखिममा रहेको साथै केही समयअघि मात्रै निर्माण सम्पन्न विमानस्थलको माथिल्लो भागको घेराबार समेत भासिएको देखिन आएको छ ।

सो सम्बन्धमा स्थलगत निरीक्षणबाट विमान स्थलका अन्य जोखिमयुक्त क्षेत्रहरु साथै हालसाथै सम्पन्न भएको घेराबार समेत के कारणले त्यस्तो त्रुटि देखिन गएको हो ? सो सम्बन्धमा सम्बन्धित निर्माण कम्पनी एवं ठेकेदारलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित गराइदिन हुन आदेशानुसार अनुरोध छ ।’

साथै पत्रको बोधार्थमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना, अनुगमन तथा मूल्याकंन महाशाखालाई समेत राखिएको छ । 

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया