थाइल्याण्डको गुफामा फसेकामध्ये दुई जनाकाे सकुशल उद्धार

 असार २४, २०७५ आइतबार १८:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

उत्तरी थाइल्याण्डको एउटा जलमग्न गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकमध्ये दुई जना बालकलाई सकुशल उद्धार गरिएको छ ।

‘दुई जना बालकलाई उद्धार गरिएको छ । उनीहरुको अहिले गुफाबाहिर रहेको फिल्ड अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको छ’ चियाङ रायका स्वास्थ्य विभागका प्रमुख तोसाथेप बूनथोङले गार्जियनसँग भनेका छन् ।

दुई हप्तादेखि गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकको उद्धार तीव्र गतिमा भैरहेको छ । गुफाको जलस्तर अझ बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै उद्धारमा तीव्रता दिइएको थाई अधिकारीहरुले जनाएका छन् ।

गुफामा फसेका १३ जनामध्ये दुई जनालाई बाहिर निकालिएको छ । बाँकीलाई पनि समूह समूहमा निकालिने बताइएको छ ।

उद्धारकर्मीहरुलाई उद्धृत गर्दै एएफपीले सबैको सबैको उद्धारमा दुई-तीन दिन लाग्न सक्ने बताएको छ । स्थानीय समय अनुसार आइतबार बिहान दश बजे १३ जना गोताखोरको टोली उद्धारका लागि गुफाभित्र गएको थियो ।

लेफ्टिनेन्ट जनरल कोंगचीप तन्त्रवानितका अनुुसार अन्य चार जना बालक पनि केही बेरमा गुफा बाहिर आइपुग्नेछन् । उनीहरु अहिले गोताखोरहरुको बेस क्याम्पमा भएको र केही बेरमा उनीहरु बाहिर निस्कने उनले बताएका छन् ।

 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Arjun Tiwari

    July 9, 2018, 7:40 a.m.

    हो ! आपत विपतमा पर्दा हरेक देशका सरकार आफ्ना नागरिक प्रति निकै नै जिम्मेवार भई तत्काल उचित कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन ।। हाम्रो देशमा भने सरकारलाई केहि वास्तै हुदैन ,दु:ख लाग्छ ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया