साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धे...
बैशाख ८, २०८१ शनिबार
कैलाली - बिहीबार साँझ धनगढीमा भएको बम विस्फोटको नेत्रविक्रम चन्द विप्लव समूहले जिम्मेवारी लिएको छ ।
बम विस्फोटमा परि घाइते भइ उपचारका क्रममा मृत्यु भएका रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको विप्लव समूहले पुष्टि गरेको छ ।
विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीकाे कामका सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फाेटक पदार्थ पड्किएको पुष्टि गरेको हो ।
सिहको गएराति उपचारका क्रममा मायामे मेट्रो अस्पतालमा मृत्यु भएको थियो । घटनामा परि घाइते भएका कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला पनि विप्लव समूहकै कार्यकर्ता भएको आशंका गरिएको भए पनि विप्लव समूहले भने उनको बारे केही बोलेको छैन ।
बम विस्फोटमा परि घाइते भएका मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको भने अहिले उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।