मिथुन चक्रवर्तीका छोरा महाक्षयको विवाह रोकियो

 असार २४, २०७५ आइतबार १९:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता मिथुन चक्रवर्तीको परिवार समस्यामा परेको छ ।

भोजपुरी अभिनेत्रीको बलात्कार र जबरजस्ती गर्भपतनको केशमा फसेका मिथुन चक्रवर्तीका छोरा महाक्षय चक्रवर्तीको विवाह रद्द गरिएको छ ।

खबरका अनुसार प्रहरीको छानविन टोली विवाहको तयारी चलिरहेको स्थलमै पुगेर विवाह रोक्न लगाएको थियो । जसका कारण दुलहा तथा दुलही पक्ष विवाह नगरेरै घर फर्किएका छन् । 

महाअक्षयको विवाह शनिबार (जुलाई ७) मा टेलिभिजन अभिनेत्री शिला शर्मा र निर्देशक सुभाष शर्माकी छोरी मादलशा शर्मासँग हुन लागेको थियो ।

तर महाअक्षय र उनकी आमामाथि बलात्कार तथा जबरजस्ती गर्भपतन र धम्कीको आरोप लागे पछि दुवै परिवार अप्ठ्यारोमा परेका छन् । 

महाअक्षयलाई भोजपुरी अभिनेत्रीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । साथै मिथुनकी श्रीमती योगिता बालीलाई धम्की दिएको आरोप पनि लगाएकी थिइन् ।

महाअक्षय र ती भोजपुरी नायिकाको भेट सन् २०१५ मा भएको थियो । त्यसपछि यि दुबैले विवाह गर्ने निर्णय गरेका थिए ।

तर चार वर्षसम्म आफ्नो फाइदा उठाउदै महाअक्षयले पछि विवाहका लागि अस्वीकार गरेको बताएकी छिन् । 

एजेन्सीकाे सहयाेगमा
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया