कटुवा पेस्तोल र गोलीसहित मकवानपुरबाट एक जना पक्राउ

 साउन ५, २०७६ आइतबार १४:४३:२८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिका-१, ढुङ्गेनका कुमार स्याङतान कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।

उनलाई पेस्तोल, पेस्तोलमा लाग्ने गोलीको खोका, जंगी गोली ५ राउण्ड र ३५ किलो गाँजासहित मनहरी गाउँपालिका ९ रजैया राप्ती खोलाबाट आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा लैजाँदै गरेकाे समूहका  ४-५ जनामध्ये स्याङतानले प्रहरीलाई गाेली हानेकाे र प्रहरीले समेत जवाफी कारबाही गरी स्याङतानलाई पक्राउ गरेको जनाइएको छ । फरार रहेका अन्य व्यक्तिको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया