इन्टरनेसनल च्याम्पियन्स कप: मैत्रीपूर्ण खेलमा टोटनह्यामले युभेन्टसलाई हरायाे

 साउन ५, २०७६ आइतबार २०:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

टोटनह्याम हट्सपरले मैत्रीपूर्ण फुटबलमा युभेन्टसलाई पराजित गरेको छ ।

इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सिंगापुरमा भएको खेलमा टोटनह्यामले युभेन्टसमाथि ३–२ गोलको जित निकालेको हो । एरिक लामेलाले ३१ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको क्रिष्टियानो रोनाल्डो प्रेरित युभेन्टसले दोस्रो हाफको शुरुमा बराबरी गोल गरेको थियो । ५६ औं मिनेटमा गोन्जालो हिगुइनले बराबरीमा ल्याएका थिए । ६० औंँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै २–१ को अग्रता दिलाए । टोटनह्यामका लुकास मौराले गोल गर्दै ६५ औं मिनेटमा खेलमा फर्काएका थिए ।

तर दोस्रो हाफको अतिरिक्त समयमा ह्यारी केनले उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई जित दिलाउन सफल भए । उनले ५० यार्ड टाढाबाट गोल गर्दै ३–२ को जित दिलाएका हुन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया