आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले पाउनुभएकाे छ ।
राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा बसेकाे अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।
सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी पाउनुभएकाे राजपाका संयोजक अनिलकुमार झाले जानकारी दिनुभएको छ । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।