घरायसी विवादमा छाेराले गरे बावुकाे हत्या, आमा गम्भीर घाइते

 साउन ६, २०७६ सोमबार १२:२०:५७ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीकाे घोडाघोडी नगरपालिका-११ सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी बुवाको हत्या गरेका छन् । घटनामा आमा नन्दे रावत गम्भीर घाइते भएकी छन् । 

५५ वर्षीय छोरा उदे रावतले आइतबार राति ७५ वर्षीय बुवा काल्चे रावतको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । त्यस्तै आमा नन्दे रावत भने गम्भीर घाइते हुनुभएको घोडाघोडी नगरपालिका–११ का वडाध्यक्ष दान सिंह जोगिले जानकारी दिनुभयो ।

गम्भिर घाइते हुनुभएकी नन्दे रावतलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक जोशीका अनुसार घरायसी विवादका कारण छोराले बुवामाथि धारिलो हतियार प्रहार गरेका हुन् । हत्या गरेर फरार रहेका उदे रावतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र घटना बारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया