यसरी भयो गुफामा फसेका ४ जनाको उद्धार

 असार २५, २०७५ सोमबार ९:२२:१९ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । अन्यको पनि उद्धार गर्ने काम भैरहेको छ । आइतबार बिहान स्थानीय समयअनुसार १० बजे उद्दार थालिएको थियो । आइतबार दिनभरीमा चार बालकलाई सकुशल बाहिर ल्याइएको छ । 

सुरक्षित बाहिर निकालिएको बच्चाहरुलाई अस्पताल पुर्याइएको छ ।

आइतबार दिनभर केके भयो ?

–    आइतबार बिहान १० बजेबाट उद्दारको काम सुरु भएको थियो । 
–    साँझ ५ः४० बजे पहिलो बालकलाई गुफाबाट बाहिर ल्याइएको थियो ।
–    आइतबार दिनभरमा चार बालकको उद्दार भएको छ । सबैलाई नजिकैको चियांग राय अस्पताल भर्ना गरिएको छ ।
–    १२ विदेशी र पाँच थाइल्याण्डका उद्धारकर्ताहरुले चार बालकलाई गुफाबाट निकालेका हुन् ।
–    स्थानीय समय अनुसार आइतबारका लागि राति ९ बजे उद्दार कार्य स्थगित गरिएको थियो । 

अब गुफाभित्र आठ बालक र उनका एक प्रशिक्षक गरी ९ जना रहेका छन् । 

उनीहरुलाई बाहिर निकाल्न अब एक दिन लाग्ने उद्धार अभियानका प्रमुख नगरोंगसाकलाई उद्धृत गर्दै बीबीसी संवाददाता जनाथान हेडले बताएका छन् । 

उद्धार अभियानका प्रमुखका अनुसार गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि जम्मा ९० उद्धारकर्ताको परिचालन गरिएको छ  जसमा ४० उद्धारकर्ता थाइ र ५० उद्धारकर्ता अन्य देशका छन् ।

शनिबार यो क्षेत्रमा पानी परेपछि उद्धारकर्ताहरुले आइतबार उद्धारको अभियान सुरु गरेका थिए । 

कसरी उद्धार गरिएको थियो ?

उद्धारकर्ताहरु गुफाभित्र डोरीको सहायताबाट पानीमा पौडिदै गएका थिए । नकाबले उनीहरुको पुरै अनुहार ढाकिएको थियो । उनीहरु बच्चाहरुलाई कसरी उद्धार गर्ने भनेर आफैँ अलमलमा थिए । यस्तो अवस्थामा पनि उनीहरुले बच्चाको उद्धार गर्न सफल भएका छन् । 

प्रत्येक एक बच्चाको उद्धारका लागि दुई जना उद्धारकर्ता रहेका थिए । उद्धारकर्ताहरुले उद्धारका क्रममा एक आधार बनाएका थिए जसले गर्दा बच्चाहरुलाई गुफाको प्रवेशद्वार बाट निकाल्न सकिन्थ्यो । उनीहरु अक्सिजनको सिलिण्डरका साथ गुफामा प्रवेश गरेका थिए जुन निकै चुनौतिपूर्ण थियो ।

उद्धारकर्ताहरु गुफामा छिर्ने अर्को प्रवेश द्वारको पनि खोजी गरिरहेका छन् । उद्धारकर्ताहरुले गुफामा पानीको सतह नबढोस् भनेर त्यहाा भएको पानी पम्पबाट बाहिर निकालिरहेका छन् । 


याे पनि पढ्नुहाेस् 
गुफामा फसेका बाल फुटबलर र उनीहरुका प्रशिक्षकलाई निकाल्न अभियान सुरु

अन्तिम अपडेट: चैत २१, २०८०

1 Comments

  • sarjan bahadur chand

    July 10, 2018, 1:16 p.m.

    thank u very much.save the children all ready themselve get well soon.

  •  0 Reply

तपाईको प्रतिक्रिया