बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु

 साउन ८, २०७६ बुधबार १०:४३:१८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनमा २ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ खोड्पेको बन्तड भन्ने भीरमा ग १ ज ५२२४ नम्बरको जीप बुधबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका पहिचान नखुलेका एक जना र सामान्य घाइते भएका दार्चुलाको महाकाली नगरपालिका–९ का हिक्मत सामन्तको उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

ज्यान गुमाएका एक जनाको शव भीरमा अड्किएको छ । कुहिरो र वर्षाका कारण शव निकाल्न समस्या भैरहेको घटनास्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया