बार्सिलोनाका मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब ग्वान्झाउमा नै फर्किए

 असार २५, २०७५ सोमबार १३:२१:२५ | एजेन्सी
unn.prixa.net

बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब ग्वान्झाउ एभरग्रेनेडमा आवद्ध भएका छन् । 

ग्वान्जाउले २९ वर्षीय मिडफिल्डरलाई बार्सिलोनाबाट लोनमा भित्राएको जनाएको छ । एक सिजनअघि ग्वान्झाउमा खेलेका पाउलिन्होले गएको सिजन भने बार्सिलोनबाट खेलेका थिए । बार्सिलोनाले गएको सिजन स्पेनिस ला लिगाको उपाधि जित्दा पाउलिन्होले ३४ खेलमा नौ गोल गरेका थिए ।

त्यसअघि ग्वान्झाउमा दुई सिजन बिताएका पाउलिन्होले ६३ खेल खेलेका थिए । बार्सिलोनाले पनि यो समाचार आफ्नो वेबसाइटमा पुष्टि गरेको छ ।  ग्वान्झाउले पाउलिन्होलाई स्थायी रुपमा आबद्ध गर्नका लागि समेत ढोका खुला गरेको जनाएको छ ।

रसियामा जारी विश्वकपमा पाउलिन्होले ब्राजिलको सबै पाँच खेल खेलेमा पहिलो एघारमा उपस्थिति जनाएका थिए । यसक्रममा उनले सर्बियाविरुद्धको खेलमा एक गोल गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया