नक्कली सेयर कारोबार गर्नेलाई १० लाख जरिवाना गरिने

 असार २५, २०७५ सोमबार १५:५२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले नक्कली सेयर कारोबार गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले नक्कली सेयर कारोबारमा संलग्नलाई १० लाखसम्म जरिवाना गर्ने व्यवस्था गरेको हो । बोर्डले सोमबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादनमूलक क्षेत्रमा सेयर कारोबार बढोत्तरी गराउन नीतिगत तथा संरचनागत व्यवस्था गर्ने जानकारी पनि गराएको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नक्कली सेयर कारोबार गर्नेहरुमाथि कडा कारबाही हुने गरी नीति तथा कार्यक्रम तय गरिएको बताउनु भयो ।

बोर्डले धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गर्ने योजना पनि बनाएको छ । 

त्यसैगरी सबै स्थानीय तहमा पूँजी बजारमा लगानी बढाउन आवश्यक व्यवस्थाका लागि अध्ययन गर्ने लगायतका नीति तथा कार्यक्रम पनि तय गरेको छ । 
अध्यक्ष कार्कीले धितो बजारलाई व्यवस्थित बनाउन आवश्यक संरचना बनाउने योजना पनि तय गरिएको बताउनु भयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया