निषेधित क्षेत्र नताेडिए अान्दाेलन चर्काउँछौं : अध्यक्ष महर

 असार २५, २०७५ सोमबार १६:४१:१२ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले सरकारविरुद्धको सडक संघर्षलाई झनै चर्काउने भएको छ । 

सोमबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्दै संघका नेता, कार्यकर्ताले सरकारविरुद्धको आन्दोलनलाई झनै चर्काउने चेतावनी दिनुभएको हो ।

सरकारले साउन १ गतेदेखि काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय गरेपछि त्यसलाई निस्तेज पार्न आन्दोलनको कार्यक्रमलाई झनै चर्काउने गरी सडक संघर्षको कार्यक्रमलाई निरन्तरता दिइएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । उहाँले सरकारले एकपछि अर्को जनविरोधि निर्णय लिएपछि आफूहरु सडक संघर्षमा होमिन बाध्य भएको पनि स्पष्ट पार्नु भयो ।

संघले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरेको, गंगामाया अधिकारीलाई न्याय नदिएको, महंगी नियन्त्रण नगरेको, नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा. डा. कूलप्रसाद कोइरालालाई अपहरणको शैलीमा क्यानडा जानबाट रोक लगाएको भन्दै त्यसविरुद्ध सडक आन्दोलनलाई निरन्तरता दिएको हो ।

अध्यक्ष महरले प्रधानमन्त्री केपी ओली सर्वसत्तावादी सोचका साथ अघि बढेकाले पनि विरोध गर्नु परेको बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया