घुससहित सिरहा मालपोतका नायब सुब्बा पक्राउ

 साउन १३, २०७६ सोमबार १६:३४:२५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जिल्ला मालपोत कार्यालय सिरहाका नायब सुब्बा र एक लेखापढी व्यवसायी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सोमबार दिउँसो एक सेवाग्राहीलाई काम गरिदिएवापत लेखापढी व्यवसायी राजवंशी चौधरीमार्फत पाँच हजार रुपैयाँ घुस लिँदै गरेको बेला कार्यालयका नायब सुब्बा मिथिलेश ठाकुर पक्राउ परेका हुन् । उनीहरु दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

मोही लगत कट्टा गरिदिन एक सेवाग्राहीसँग नासु ठाकुरले लेखापढी व्यवसायी मार्फत पाँच हजार रुपैयाँ लिएका थिए । ती सेवाग्राही पटक–पटक मोही लगत कट्टाको कामको लागि कार्यालय धाउँदासमेत नासु ठाकुरले विना घुस काम गरेका थिएनन् । घुस मागेपछि ती सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा जानकारी गराएका थिए ।

सोमबार कार्यालयमा काम गराउन ती सेवाग्राही घुस रकम लिएर पुगेका थिए भने अख्तिबयार त्यसको निगरानी गरिरहेको थियो । सेवाग्राहीले नासुले भने अनुसार घुस रकम लेखापढी व्यवसायी चौधरीलाई बुझाएका थिए ।

लेखापढी व्यवसायी चौधरीले नासु ठाकुरलाई घुस रकम दिइरहेको बेलामा अख्तियारको टोलीलले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो । दुवै जना माथि थप अनुसन्धान भइरहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया