म यस्तो भूमिका निर्वाह गर्न चाहन्छु जुन अरुका लागि सपना बनोस् : नवाजुद्दीन सिद्दीकी

 असार २५, २०७५ सोमबार १८:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेटफ्लिक्समा जुलाई ६ बाट आठ एपिसोड भएको वेब सिरीज ‘सेक्रेड गेम्स’ सुरु भएको छ । यो सिरीजमा बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।  

यसमा नवाजुद्दीन सिद्दीकीका अलावा सैफ अली खान तथा राधिका आप्टे पनि छन् । यसलाई विक्रमादित्य मोटवानी तथा अनुराग कश्यपले निर्देशन गरेका हुन् । 

अनलाइन प्लेटफर्मका लागि उनले निभाएको भूमिका तथा बलिउडमा उनका आउँदै गरेका चलचित्र ‘मन्टो’ र ‘ठाकरे’ बारेमा बीबीसीले उनीसँग गरेको कुराकानीको अनूदित अंश प्रस्तुत छ :

तपाईँको छवि त ठूला–ठूला भूमिका निभाउने अभिनेताका रुपमा परिचित छ । तपाईँले यो वेब सिरीज के सोचेर गर्नुभयो ?

नेटफ्लिक्सका सिरीजमा पश्चिमका ठूला–ठूला अभिनेताहरुले पनि काम गरिसकेका छन् । उनीहरुको अलग्गै मापदण्ड छ । 

यी सिरीज कहिलेकाहीँ फिल्मभन्दा पनि उत्कृष्ट हुन्छन् किनकी त्यसमा कन्टेन्ट हुन्छ । अर्को कारण अनुराग कश्यप र यसको कन्टेन्ट नै हो । यो विक्रम चन्द्राको उपन्यासमा आधारित छ । 

अहिले वेब सिरीजको ट्रेन्ड चलिरहेको छ । अभिनेताका रुपमा तपाईँलाई स्वतन्त्रता प्राप्त हुन्छ ? यसबाट फाइदा के हुन्छ ?

चलचित्र लगभग साढे दुई घण्टाका हुन्छन् । त्यसमा कुनै पनि भूमिका मिहीन ढंगबाट निर्वाह गर्न कठिन हुन्छ । हामी केबल त्यसको केही पक्षलाई छोएर मात्रै फर्किन्छौँ ।

‘सेक्रेड गेम्स’ मा हरेक भूमिकालाई एकदमै गहन ढंगबाट निर्वाह गर्ने प्रयास गरिएको छ । यसमा सरगना गणेश गायतोंडेको भूमिकामा छु । जसको भूमिका एकदमै रहस्यमयी छ । साथै उनको बानी ब्यहोरा तथा भाव र विशेषतालाई निर्वाह गर्ने प्रयास गरेको छु  । आठ वटा एपिसोडको दौरानमा सबै पक्षलाई निर्वाह गर्ने पूरा अवसर पाइयो । 

मन्टो तथा बाल ठाकरेमा आधारित तपाईँका चलचित्र आउँदैछन् । राजनैतिक रुपले हेर्दा  विवादित व्यक्तिको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । यस्तो चलचित्र गर्न कुनै अप्ठेरो भएन ?

बिल्कुलै भएन । जुन सहजता, विश्वास तथा निष्ठासँग मैले मन्टोको भूमिका निर्वाह गरेँ । त्यसरी नै बाल ठाकरेको भूमिका निर्वाह गरेको छु । 

म एक अभिनेता हूँ । मलाई हरेका प्रकारका भूमिका निर्वाह गर्न मन पर्दछ । चाहे मन्टो हुन्, वा ठाकरे तथा गायतोंडेको भूमिका होस् । 

तपाईँले परम्परागत ढाँचालाई तोड्नुभयो ।  तपाईँको पारिवार फिल्मी पृष्ठभूमिको पनि होइन । तपाईका बुवाआमा फिल्म क्षेत्रमा हुनुहुन्न ।  तर पनि तपाईँले आफ्नो स्थान बनाउनुभयो । भनिन्छ कि हिन्दी फिल्म इन्डस्ट्रीमा परिवारवाद हावी छ । के यो आरोप सत्य हो ?

तपाईँको कामले नै तपाईँलाई अर्को काम दिलाउने हो । सुरुमा स–साना काम पाइन्छ । तर तपाईले नै सोच्ने हो कि तपाईँ अभिनेता, निर्देशक वा अरु के बन्ने हो । तपाईँलाई कसैले यही गर भनेर दबाब दिएको छैन । यो मेरो आफ्नै चाहनाको पेशा हो । जे समस्या आयो मैले नै सामना गर्नुपर्यो । मलाई यसमा केही गुनासो छैन । फिल्मी परिवारबाट आउनेलाई पहिलो फिल्म प्राप्त भए पनि त्यसपछि भने उनीहरुले मेहनत गर्नुपर्नेछ । बलिउडमा जो अहिले स्टार अभिनेता छन् उनीहरु मेहनती छन् । 

तपाईँका लागि ड्रिम रोल के हो ?

मैले कहिल्यै यस्तो सोचेको छैन । म यस्तो भूमिका निर्वाह गर्न चाहन्छु जुन अरुका लागि ‘ड्रिम रोल’ बनोस् । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया