स्पेनको नयाँ प्रशिक्षकमा लुइस एनरिके

 असार २५, २०७५ सोमबार १८:३८:५२ | एजेन्सी
unn.prixa.net

स्पेनिस फुटबल संघले लुइस एनरिकेलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।

विश्वकपमा खराब प्रदर्शनपछि एनरिकेले स्पेनिस टिम सम्हाल्ने पक्का भएको हो । स्पेनिस फुटबल संघले बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ ।

सन् २०१० को च्याम्पियन स्पेन रसिया विश्वकपको प्रि–क्वार्टरफाइनलमा आयोजक राष्ट्रसँग पराजित हुँदै घर फर्किएको थियो । 

विश्वकपअघि स्पेनिस क्लब रियल मड्रिडमा सम्झौता गरेका कारण तत्कालीन प्रशिक्षक जुलेन लापेटेगीलाई बर्खास्त गरेपछि स्पेनिस फुटबल टिम प्रशिक्षकविहीन थियो । विश्वकपका लागि स्पेनले फार्नाण्डो हिएरोलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको थियो । तर राम्रो टिम हुँदा हुँदै पनि हिएरोले स्पेनलाई सफलता दिलाउन नसकेपछि एनरिकेलाई नियुक्त गरिएको हो ।

अब एनरिकेले स्पेनलाई युरो कप २०२० को छनोट चरणका लागि प्रशिक्षण दिनेछन् । एनरिकेले सन् २०१६-१७ सिजनको समाप्तिपछि बार्सिलोना छाडेका थिए । उनलाई अनुबन्ध गर्नका लागि चेल्सीले पनि प्रस्ताव गरेको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया