बाटाेमा राखेकाे बमसँग यात्रुवाहक बस ठाेक्किँदा अफगानिस्तानमा कम्तीमा ३२ जनाको मृत्यु

 साउन १५, २०७६ बुधबार १४:४६:९ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा एक यात्रुवाहक बस बेवारिसे अवस्थामा राखिएको बमसँग ठोक्किँदा  कम्तीमा ३२ जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा महिला र बालबालिका धेरै रहेका छन् । यात्रुवाहक बस कान्दहार–हेरत राजमार्गमा दुर्घटनाग्रस्त हुँदा अन्य १७ जना घाइते भएका छन् । फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले सडक किनारामा तालिबान समूहले बम राखेको बताउनुभयो ।  

मारिनेमा सबै सर्वसाधारण रहेको र मृतकको संख्या अझै बढ्न सक्ने फराह गभर्नरका प्रवक्ता फरुक बरकजाईले भने । 

घटनाको पछाडि कसको संलग्नता रहेको छ, यस बारेमा पुष्टि भैसकेको छैन । तालिवान विद्रोहीहरुले यस क्षेत्रमा सरकारी अधिकारी र सुरक्षा बललाई लक्षित गरेर सडक किनारामा बमको प्रयोग गर्दै आइरहेका छन् । 

संयुक्त राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको क्रममा सन् २०१९ को पहिलो ६ महिनामा एक हजारभन्दा बढी सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया