मुम्बईसँगको अन्तिम खेलमा पनि सन्दीप दिल्लीको टिममा

 जेठ ६, २०७५ आइतबार १६:११:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ, जेठ ६ – आईपीएलको समूह चरण अन्तर्गतको अन्तिम खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीको प्लेइङ सेटमा पर्न सफल भएका छन् । 

पछिल्ला २ खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि दिल्लीले मुम्बईसँगको अन्तिम खेलमा पनि सन्दीपलाई टिममा राखेको ट्वीटरमार्फत जनाएको छ । घरेलु मैदानमा दिल्लीले टस जितेर व्याटिङ रोजेको छ । सन्दीपले रोयल च्यालेन्जर्स बेंग्लोरसँगको खेलमा डेब्यू गर्दा पार्थिव पटेलको विकेट लिएका थिए ।

तर त्यो खेलमा दिल्ली पराजित भए पनि उनको प्रदर्शनको सबैले प्रशंसा गरेका थिए । त्यसपछि दोश्रो खेलमा सन्दीपले चेन्नेई सुपरकिंग्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सुरेश रैनाको विकेट लिएका थिए । यो खेलमा धोनीको टिम चेन्नेईलाई दिल्लीले हराएको थियो । 

आजको अन्तिम खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने अपेच्छा गरिएको छ । यसअघि नै प्लेअफबाट बाहिरिसकेको दिल्लीका लागि आजको खेल त्यति महत्वपूर्ण छैन् । यद्यपी आजको खेलमा मुम्बई हारे उसको प्लेअफ पुग्ने सम्भावना समाप्त हुनेछ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया