सात पटककी च्याम्पियन सेरेना विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा

 असार २६, २०७५ मंगलबार ७:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सात पटककी च्याम्पियन सेरेना विलियम्स विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।

सेरेनाले रसियन खेलाडी इभ्जेनीया रोडीनालाई साझो सेटमा पराजित गरिन् । चोटका कारण तिघ्रा र घुडामा टेप बाधेर खेलेकी रोडीनाले सेरेनाको पावर सटलाई रोक्न सकिनन् ।

छनोट चरणबाट विम्बल्डनमा प्रवेश गरेकी रोडिना विरुद्ध सेरेनाले पहिलो सेट ६–२ ले जितिन् । दोस्रो सेटमा पनि सेरेनाले उत्कृष्ट खेल पस्कदलै ६–२ ले नै आफ्नो पक्षमा परिन् ।

३६ वर्षीया सेरेनाले क्वाटरफाइनलमा विश्व बरियतामा ५२ औं स्थानमा रहेकी इटालियन खेलाडी कामीला गियाग्रीसँग खेल्नेछिन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया