अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीकाे भविष्य धरापमा

 असार २६, २०७५ मंगलबार ८:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पोली टिममा रहने की नरहने भन्ने छिनोफानो जुलाईको अन्तिममा गर्ने अर्जेन्टिनी फुटबल फेडेरेसनले जनाएको छ ।

रसिया विश्वकपको प्रिक्वार्टरफाइनलबाट नै बाहिरीएको अर्जेन्टिनाको कमजोर प्रदर्शनमा प्रशिक्षक साम्पोली दोषी रहेको ठहर टिमका खेलाडीले आरोप लगाएका थिए । जसका कारण समूह चरणको खेलमा नै उनलाई खेलाडी छान्ने जिम्मेवारीबाट नै हटाइएको थियो ।

५८ वर्षीय साम्पोली विश्वकप लगत्तै टिमबाट राजिनामा दिने संम्भावना धेरैलाई थियो तर उनले अर्जेन्टिनाको यू–२० टिमलाई प्रशिक्षण दिने जिम्मेवारी पाएका छन् । जुन २८ जुलाई देखि स्पेनमा हुँदैछ ।

जसका कारण उनको राष्ट्रिय टिमको जिम्मेवारीका बारेमा जुलाईको अन्तिममा गरिने भएको छ । अर्जेन्टिनाले सेप्टेम्बर ६ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

चिलीका पूर्व प्रशिक्षक साम्पोलीले २०१७ देखि अर्जेन्टिनी टिमलाई सम्हालेका थिए । जसमा उनको टिम विश्वकपको छनोट चरणमा पनि निकै संघर्ष गरेर अन्तिममा छनोट भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया