हेटौंडामा ५० हजार रुपैयाँ घुससहित अधिकृत पक्राउ

 साउन १९, २०७६ आइतबार २०:३६:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा कार्यालयले ५० हजार रुपैयाँ घुस रकमसहित एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर ३ को उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा कार्यरत आठौँ तहका अधिकृत अचन्दन कुमार अमात्यलाई नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो ।

उद्योग दर्ताकाे लागि आईई प्रतिवेदन स्वीकृतिका गराइदिन ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा कार्यालयका सुचना अधिकारी देव कुमार राईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया