डाक्टर केसीको माग हुबहु सम्बोधन हुँदैन : गुरुङ

 असार २६, २०७५ मंगलबार १३:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले गोविन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ । 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भए पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताउनुभयो । 

चिकित्सा विधेयकका बारे जुम्लामा अनसनरत गोविन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहे पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका विषयमा सरकार  पनि गम्भीर रहेको बताउनुभयो ।

जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहे पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएको उहाँले बताउनुभयो । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले निर्णय गरेको बताउनुभयो ।

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृति बिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • सुदिप नेपाल

    July 10, 2018, 3:51 p.m.

    नेता ज्यु २०६६ सालको चुनाव बहिष्कार गर्ने र तपाईंको धम्किपुर्ण अन्तरबार्ता अहिले पनि मेरो कानमा गुन्जिरहेको छ।तेति बेला तपाइहरुले उठायको कुन चाहिँ माग सम्बोधन भयर तपाईं अहिले यो स्थानमा उभिनु भएको छ? जनतालाइ खुब बेवकुफ सम्झिनु भयको छ है? अब तपाईं हरु जस्ताको बोली जनताले पत्ताउदैनन्।तसर्थ अब कुर्लन छोड्नुस् आफ्नो बचेको जिन्दगी रचनात्मक कार्यको लागि खर्च गर्नुस्।

  •  0 Reply

तपाईको प्रतिक्रिया