नेकपाको केन्द्रीय सचिवालय बैठक पाँच बजेसम्मका लागि स्थगित

 असार २६, २०७५ मंगलबार १३:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठक दिउँसो पाँच बजेसम्मका लागि स्थगित गरिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि दिउँसो पाँच बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

नियमावलीलाई टुंगोमा पुर्‍याउन दिउँसो पाँच बजे पुनः बैठक बस्ने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले भोलि बिहानसम्म नियमावलीलाई टुंगो लगाइ सक्ने र पार्टी जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

गएको शनिबार बसेको पार्टी सचिवालय बैठकले नेताद्वय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहनु भएको कार्य दल गठन गरी तीन दिन भित्र नियमावली परिमार्जनका लागि आवश्यक सुझाव तयार पार्ने कार्यादेश दिएको थियो । दिउँसो बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने पार्टीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया