थाइल्याण्डको गुफामा फसेका थप दुई बालकको उद्धार, अब ३ जनाको उद्धार गर्न बाँकी

 असार २६, २०७५ मंगलबार १६:०:४३ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डको गुफामा फसेका बालकहरुमध्ये थप दुई जनाको मंगलबार उद्धार गरिएको छ । 

आइतबार चार जना, सोमबार चार जना र केही बेरअघि दुई जना गरी अहिलेसम्म १० जना बालककको सकुशल उद्धार भैसकेको छ । अब गुफामा दुई बालक र एक जना फुटबल प्रशिक्षक रहेका छन् । अधिकारीहरुका अनुसार बाँकी तीन जनाको उद्धार मंगलबार बेलुकासम्म हुने आशा गरिएको छ । उद्धार गरिएका बालकहरुको स्वास्थ्य राम्रो भएको अधिकारीहरुले बताएका छन् ।  गार्जियनका अनुसार ११ अाैँ बालककाे भर्खरै उद्धार गरिएकाे छ । उनी सबैभन्दा साना ११ वर्षका बालक भएकाे बताइएकाे छ तर उनकाे परिचय खुलाइएकाे छैन। 

थाइल्याण्डका ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडी र प्रशिक्षक २३ जुनदेखि एउटा गुफामा फसिरहेका थिए । बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए । विभिन्न देशबाट खटिएका उद्धारकर्ताहरु उनीहरुको उद्धारमा निरन्तर खटिरहेका छन् । 

याे पनि पढ्नुहाेस् 

यसरी भयो गुफामा फसेका ४ जनाको उद्धार

थाइल्याण्डको गुफामा फसेकामध्ये दुई जनाकाे सकुशल उद्धार

गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई विश्वकपको फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

थाइल्याण्ड : गुफामा फसेकाको उद्धारमा खटिएका एक पूर्व सैनिकको मृत्यु

नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

थाइल्याण्ड :  गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न ‘महिना लाग्न सक्छ’

थाइल्याण्डको गुफामा फसेका बालकहरुको पत्र : चिन्ता नगर्नुहोस्, हामी बहादुर छौँ

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया