नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
चैत १५, २०८० बिहिबार
जेठ ६ – एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ ।
भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप उहाँमाथि लगाइएको थियो ।
गुप्ता ६१ वर्षको हुनुहुन्छ । उहाँले पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो ।
उहाँलाई सोही आरोपमा सन् २०१० मा नियन्त्रणमा लिइएको थियो । उहाँको मुद्दा जारी रहेको थियो । मुद्दाको अन्तिम सुनुवाईका क्रममा आइतबार उहाँले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजायँ सुनाएको हो ।