स्कटिस क्लब सेल्टिकका डिफेन्डर किरन टाइरने आर्सनलमा जाने

 साउन २३, २०७६ बिहिबार ७:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्कटिस क्लब सेल्टिक र आर्सनलबीच किरन टाइरनेको ट्रान्सफरको सम्बन्धमा सहमति जुटेको छ । २२ वर्षे डिफेन्डरका लागि स्कटिस क्लबले कीर्तिमान २५ मिलियन पाउण्डको प्रस्तव स्वीकार गरेको छ ।

यसअघि आर्सनलको दुई पटकको प्रस्ता स्कटिस क्लबले अस्वीकार गरेको थियो । दुई क्लबवीचको सहमति पश्चात टाइरने लण्डनतर्फ उड्नेछन् । बिहीबार प्रिमियर लिगको ट्रान्सफर विन्डो बन्द हुँदैछ ।

त्यसअघि उनले आर्सनलमा आफ्नो ब्यक्तिगत सुविधालगायतका विषयमा छलफल गर्नेछन् । यो सिजन हर्नियाको शल्यक्रियाका कारण नौ खेलमात्र खेल्न सकेका टाइरने सेल्टिकका प्रभावशाली डिफेन्डर हुन् । सेल्टिकलाई चारवटा लिग उपाधि तथा दुई–दुईवटा स्कटिस क्लब र लिग कप जितेका छन् ।

ट्रान्सफर विन्डो बन्द हुनुभन्दा अगाडि  आर्सनलका प्रशिक्षक उनाई इमेरी चेल्सी डिफेन्डर डेविड लुइज चाहन्छन् । 

कुनै चर्चा नै नभएको यो स्थानान्तरण सम्भव भने देखिएको छ । डेविड लुइजका एजेन्टको आर्सलनका टेक्निकल डाइरेक्टरसँग नजिकको सम्बन्ध हुनु र प्रशिक्षक उनाई इमेरी र लुइजले पीएसजीमा सँगै काम गरेको अवस्थामा यो स्थानान्तरण हुने जस्तो देखिन्छ । 

तर, अझैसम्म पनि क्लबले लुइजका लागि औपचारिक प्रस्ताव गरेको छैन ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया