ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

 साउन २३, २०७६ बिहिबार ९:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – ट्रकको ठक्करबाट धादिङमा एक जना पैदलयात्रुको ज्यान गएको छ ।

काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकले धुनीबेसी नगरपालिका– ६ नौबिसेमा ठक्कर दिँदा पैदल यात्री भारतीय नागरिक ४० वर्षीय सत्यनारायण दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनापछि घाइते हुनुभएका दासको धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल काठमाण्डौ लगिएको थियो । उहाँको उपचारको क्रममा बिहीबार बिहान ज्यान गएको हो ।

दुर्घटनापछि ट्रक चालक पक्राउ परेका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया