एसियन सेन्ट्रल जोन भलिबल प्रतियाेगिताका लागि नेपाली टिमको घोषणा

 साउन २३, २०७६ बिहिबार १९:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आसन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबलका लागि नेपाली टिमको घोषणा भएको छ । आसन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबलका लागि नेपाली टिमको घोषणा भएको छ ।

डच प्रशिक्षक हान अबिङले अन्तिम चरणमा सात खेलाडीलाई हटाएपछि अन्तिम टिम तयार पारेका हुन । टिमका सहायक प्रशिक्षक जगदीश भट्टले भने, 'खेलाडीले अभ्यास खेल खेल्न पाएको भए नयाँ खेलाडी पथ्र्ये, तर अभ्यासका कारणले मात्र नयाँ खेलाडी राख्न चुनौती हुने भएकाले पुराना खेलाडीको बाहुल्यता रहेको छ ।'

याे प्रतियाेगिताका लागि नेपाल भलिबल संघले सुरूवातमा २५ खेलाडी प्रशिक्षणमा बाेलाएकाे थियाे । त्यसपछि साे सूची घटाएर १८ मा झारेकाे थियाे । त्यसमा दुर्गा महताे र राजु शेरचन हटेपछि टिमकाे अन्तिम नामावली तयार भएकाे हाे ।

तर पनि टिममा तीन जना नयाँ खेलाडीले स्थान बनाएका छन । जसमा दुर्गा खड्का, टेकराज अवस्थी र राजेन्द्र विष्ट रहेका छन ।

फाइनल टिमः

ईमबहादुर मगर (कप्तान) (पुलिस), हरिहजुर थापा (आर्मी),विनोद बहादुर चन्द (एपीएफ), इश्वर थापा मगर (आर्मी), धनबहादुर भट्ट क्षेत्री (आर्मी), विशाल विक (पुलिस), कुलबहादुर थापा (पुलिस), राजेन्द्र विष्ट (आर्मी), टेकराज अवस्थी (एपीएफ), हरिबहादुर अधिकारी (आर्मी), दुर्गा खड्का (आर्मी), दिपकराज जोशी (पुलिस), नरेन्द्र गिरि (आर्मी), राजकुमार निरौला (एपीएफ)

नेपाल भलिबल संघको आयोजनामा यही भदाै २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ ।

लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया