कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – म अन्जना, अन्जना अधिकारी । आज म तपाईँहरुलाई मेरो स्टोरी सुनाउँछु, एकदमै डिफ्रेन्ट छ .....।
अन्जना अर्थात स्वस्तीमा खड्काको यही सम्वाद बाट सिनेमा ‘नाइँ नभन्नु ल ५’ कोे ट्रेलरको सुरुवात भएको छ । २ मिनेट १९ सेकेण्ड लामो सिनेमाको ट्रेलरमा अन्जनाको प्रेम सम्बन्धमा आउने उतारचढावलाई देख्न सकिन्छ ।
सिनेमामा स्वस्तीमाको बाल्यकालको भूमिकामा नव–बालकलाकार स्याड्रिना शर्माले अभिनय गरेकी छिन् ।
ट्रेलरमा सिनेमाका सबै मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सिनेमामा अतिथि भूमिका निर्वाह गरेकी अभिनेत्री निरुता सिंहलाई समेत ट्रेलरमा स्थान दिइएको छ ।
यसका अलावा सिनेमाका मुख्य कलाकारहरु दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तीमा खड्का, अनुभव रेग्मी, स्याड्रिना शर्मा ट्रेलरमा देखिएका छन् । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमालाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् ।
यस सिनेमामा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ ।
सिनेमामा हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य