जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
दाङ - एक बालकमाथि जबर्जस्ती अप्राकृतिक मैथुन गरेकाे आराेपमा बाँकेका एक व्यक्ति बुधबार दाङको तुलसीपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१४ घर भएका ४३ वर्षीय मुविन राही रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
एकै घरमा डेरा गरेर बस्ने राहीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-५ का एक १३ वर्षीय बालकलाई साउन १७ गते राति आफ्नै कोठामा जवर्जस्ती अप्राकृतिक मैथुन गरेको अभियोग लागेको छ । यसअघि नै पीडित बालकका बुवाले मौखिक जाहेरी दिएको भए पनि बिहीबार मात्रै इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिइएकाे थियाे ।
आराेपित राही तुलसीपुरमा घरहरुमा रंग लगाउने काम गर्ने प्रहरीले जनाएकाे छ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।