म त्यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन : प्रचण्ड

 साउन २४, २०७६ शुक्रबार १९:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - रासस

काठमाण्डाै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दाबी गर्नु भएको छ ।

अध्यक्ष दाहालले माओवादी विद्रोहको नेतृत्वको गर्ने अवसर आफूलाई प्राप्त भए पनि आफू हिंसात्मक गतिविधिमा भने संलग्न नभएको बताउनु भएको हो । दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाण्डौमा विमोचन गर्दै उहाँले अहिले आफूलाई हिंस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाउनुभयो ।

‘म त्यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन’, अध्यक्ष दाहालको भनाइ थियो,‘ तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भैरहेको छ ।’

अध्यक्ष दाहालले आफूले माओवादी विद्रोहको नेतृत्वमात्रै नगरी त्यसलाई शान्ति प्रक्रियामा ल्याउन सफल नेताको परिचय बनाएको पनि बताउनुभयो । उहाँले माओवादी विद्रोहको नैतिक जिम्मेवारी भने आफैले लिने पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया