प्रदेश नम्बर तीनको राजधानीबारे समितिले प्रदेशसभालाई प्रतिवेदन बुझायो

 असार २६, २०७५ मंगलबार १८:३९:४९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ को राजधानीको स्थानको विषयमा अध्ययन गर्न बनेको समितिले मंगलबार प्रदेशसभालाई लिखित प्रतिवेदन बुझाएको छ ।

समितिले प्रतिवेदन पाँचबजे सभामुख सानुकुमार श्रेष्टलाई बुझाएको हो । समितिका सभापति दीपक निरौलाले श्रेष्ठलाई प्रतिवेदन बुझाउनुभएको हो । १२ जिल्लाबाट आएको सुझावको आधारमा जिल्ला तोकेर राजधानीको विषयमा आफूहरुले प्रतिवेदनमा उल्लेख गर्ने भन्दै निरौलाले सुझावका आधारमा प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

समितिले सांसद विशाल खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति समेत निर्माण गरेको थियो । उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिनको लागि अहिले गृहकार्य समेत गरिरहेको छ । साउनको पहिलो हप्ताबाट हुने प्रदेशसभाको बैठकले राजधानी र नामाकरणलाई अन्तिम टुंगो समेत लगाउने जनाइएको छ ।

केही प्रदेशसभाका सांसदहरुले राजधानीको लागि काभ्रे, नुवाकोट, चितवन तथा भक्तपुरको माग गरेपछि प्रदेशसभाले यो विषयलाई सहज ढंगबाट टुंगो लगाउनको लागि समिति निर्माण गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया