जम्मू प्रशासनले धारा १४४ हटायाे, ५ दिनपछि स्कुल-कलेज पुगे विद्यार्थी

 साउन २५, २०७६ शनिबार १२:३१:५६ | एजेन्सी
unn.prixa.net

जम्मू जिल्ला प्रशासनको तर्फबाट अवस्थाको समीक्षा गर्दै शनिबार धारा १४४ सीआरपीसी (आपराधिक प्रक्रिया संहिता) हटाइएको छ । धारा १४४ लागेपछि चार वा चार जनाभन्दा माथिकाे संख्यामा भेला हुन प्रतिबन्ध लाग्दछ ।

जम्मूमा गएको अगष्ट ५ धारा १४४ लगाइएको थियो । त्यसको पाँच दिनपछि स्कुल, कलेज पनि खुलेको छ । अब सबै गतिविधि सामान्य हुन थालेको छ, प्रशासनको तर्फबाट नजर भने राखिनेछ । 

तर इन्टरनेट सेवा भने अझै पनि बन्द छ । जम्मूमा बकर ईदको तयारीलाई लिएर शनिबार पसल, बजार, स्कुल र कजेल खुलेको हो । मानिसहरुले यो पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउन सकून् भनेर सुरक्षा संयन्त्र कडा बनाइएको छ । जम्मू जिल्ला उपायुक्त सुषमा चौहानका अनुसार अवस्था सामान्य भएर ने धारा १४४ हटाइएको हो । 

शनिबार जम्मूको अवस्था सामान्य भैसकेपछि बिहान छात्रछात्राहरु स्कुल र कलेज गैरहेका देखिन्थे । त्यस्तै सडकमा सवारी साधन पनि गुडेको देख्न सकिन्थ्यो । प्रहरीका अनुसार शुक्रबार कैयाैँ संवेदनशील इलाकामा प्रतिबन्ध लगाइएको थियो । धार्मिक स्थलहरुमा सुरक्षा सयन्त्र थप चनाखो पारिएको छ । 

प्रतिबन्ध लागू भएसँगै बकर ईद पर्वको अवसरमा बजार प्रभावित भएको थियो तर शनिबार धारा १४४ लाई हटाइएपछि बजार सामान्य बनेको छ । कश्मीरमा भने क्फ्यू जारी छ, त्यस्तै इन्टरनेट सेवा पनि ठप्प छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया