पाकिस्तानी क्रिकेटर शेहजादले प्रतिबन्धित शक्तिबर्द्वक पदार्थ प्रयोग गरेको पुष्टि

 असार २६, २०७५ मंगलबार १९:९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तनी क्रिकेटर अहमद शेहजादले प्रतिबन्धित शक्तिबर्द्वक पद्धार्थ प्रयोग गरेको पुष्टि भएको छ । 

ओपनर ब्याट्सम्यानको रक्त नमुनाको परीक्षणमा डोपिङ् पोजिटिभ देखिएपछि उनी समस्यामा परेका छन् । फैसलाबादमा भएको पाकिस्तान कप एक दिवशीय क्रिकेट प्रतियोगितामा खेलाडीको रक्त नमूना परीक्षणका क्रममा शेहजादले डोपिङ गरेको भेटिए पनि पाकिस्तान एन्टि डोपिङ एजेन्सीले पूर्ण रुपमा प्रमाणित नभइकन नाम बाहिर नल्याउने जनाएको थियो ।

पाकिस्तान डोपिङ एजेन्सीको पूर्ण परीक्षणपछि पाकिस्तान क्रिकेट बोर्ड क्रिकेटर शेहजादले प्रतिबन्धित शक्तिबद्धन पदार्थ प्रयोगको पुष्टि गरेको हो । अहमद शेहजादलाई चार वर्षसम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ । अहमद शेहजादले खेल अघि लिइएको दुई रक्त नमुनामध्ये दोस्रो नमूना परीक्षणका लागि अुनरोध गर्न पाउनेछन् । जसका लागि उनले १४ दिनभित्र लिखित रुपमा अपिल गर्नु पर्नेछ ।

त्यस समयसम्मका लागि उनी अन्तरिम रुपमा प्रतिबन्धमा रहनेछन् । जसका कारणले गर्दा उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछैनन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया