सन्नी देवल र अमीषा पटेलको जोडी १२ वर्षपछि फेरि एकसाथ

 असार २६, २०७५ मंगलबार १९:५७:५८ | एजेन्सी

अभिनेता सन्नी देवलले मंगलबार उनको फिल्म ‘भैय्याजी सुपरहिट’ को पहिलो पोस्टर सार्वजनिक गरेका छन ।

एक्सनले भरपुर यो फिल्म १९ अक्टोबर २०१८ मा सार्वजनिक हुनेछ । सन्नीले उनको ट्विटरमार्फत ‘केवल तपाईँहरुका लागि यो हो ‘भैय्याजी सुपरहिट’ को पहिलो झलक’ भन्दै फिल्मको पोष्टर सार्वजनिक गरेका छन् । 

सन्नी देवलको यस फिल्ममा अभिनेत्री अमीषा पटेल पनि छिन् । झण्डै १२ वर्ष पछि यो जोडी पर्दामा फर्किएको छ । प्रेम कथामा आधारित फिल्म ‘गदर : एक प्रेम कथा’ मा सनी र अमीषाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । 

 

सन्नी देवलको यस नयाँ फिल्ममा अमीषाका साथै अभिनेत्री प्रीति जिन्टा पनि रहेकी छिन् । नीरज पाठकको निर्देशन रहेको यस फिल्ममा अरसद वारशी, श्रेयस तलपडे र सञ्जय मिश्राको पनि मूख्य भूमिका रहेको छ । 

 

बलिउडमा धेरैजसो गम्भीर भूमिका निर्वाह गरेका सन्नी देवल पछिल्लो केही वर्ष यता कमेडी फिल्ममा काम गरिरहेका छन् । सन्नीको अर्को फिल्म ‘यमला पगला दीवानाः फिर से’ छिट्टै प्रदर्शनको तयारीमा रहेको छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया