धादिङमा खाेलामा डुबेर ज्यान गुमाएकाका परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिइने

 साउन २६, २०७६ आइतबार २०:४९:८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - एक्स्काभेटरले खाडल खनेर बनाएको खोलाको ठूलो रहमा डुबेर ज्यान गुमाएका दुई जनाका परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिने भएपछि आफन्तले आइतबार शव बुझेका छन् ।

 गजुरी नगरपालिका–६ नवासी  १८ वर्षीय भिमबहादुर स्याङ्तान, २३ वर्षीय सुमन स्याङ्तान गहिरो खाडलमा परेर मृत्यु भएपछि आक्रोशित भिडले तीन एक्स्काभेटरमा आगजनी गर्दै उचित क्षतिपूर्तिको माग गरेका थिए ।

आइतबार दिउँसो भएको छलफलमा व्यवसायीको तर्फबाट दुवै परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिने सहमति गरेपछि मृतकका आफन्तले पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैदवारले जानाकारी दिनुभयो ।

व्यवासयीहरु भने आफ्नो एक्स्काभेटरमा मृतकका परिवारले नभइ तेश्रो पक्षले आगजनी गरेको भन्दै किटानी जाहेरी दिने र अपराध गर्नेलाई कारबाही गर्नुपर्ने अडानमा छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया