सडक निर्माण अलपत्र पार्ने ठेकेदार प्रक्राउ

 जेठ ६, २०७५ आइतबार १८:५०:२८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची  जेठ ६ – काम नगर्ने निर्माण व्यवसायीका प्रतिनधिलाई प्रहरीले प्रक्राउ गरेको छ ।

बीटी जयबाबा जेभी स्वयम्भु, काठमाडौं ठेकेदार श्याम श्रेष्ठका प्रमुख प्रतिनिधि बिवेक पौडेललाई सन्धिखर्कबाट प्रहरीले प्रक्राउ गरेको हो । जिल्लामा सञ्चालन भएका योजनाको प्रगतिका विषयमा आइतबार जिल्ला प्रशासनको आयोजनमा भएको कार्यक्रममा उपस्थित भएका पौडेललाई मुख्य ठेकेदार नआएसम्मका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक प्रदीप डिसीले बताउनुभयो ।

२०७१ पुस २४ गते सम्झौता गरी अहिलेसम्म पनि काममा प्रगति नभएकाले ठेकदार श्रेष्ठ जिल्लामा नआएसम्म पौडेललाई नछाड्ने प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले जानाकारी दिनुभयो ।

ठेकेदारले पटक पटक काम गर्ने प्रतिवद्धता जाहेर गर्ने तर काम नगर्ने गरेको भूसालको भनाई छ । सालझन्डी ढोरपाटन सडक अन्तगर्त पाल्पाको कञ्चनदेखि अर्घाखाँचीको ढुडग्रीसम्म १८ किलोमिटरमा अहिलेसम्म २४ प्रतिशत मात्र काम भएको छ । त्यो योजनाका कारण बहुप्रस्तिष्ठित सडक नै अवरुद्ध भएको छ । 

एसएसीडीआरपी ३३७१२०४/०७१/०७२ – ००७ नम्बरका ठेक्का अन्तगर्त ४ करोड ९३ लाख ९६ हजार ८ सय ५० रुपैयाँमा लिएको टेण्डरबाट अहिलेसम्म १ करोड २२ लाख ८८ हजार ८ सय १ रुपैयाँ भुक्तानी भएको सालझन्डी ढोरपाटनका इञ्जियर अशोक पौडेलले जानाकारी दिनुभयो । पटक पटक ठेकदार सम्र्पक गरी काम गर्न भने पनि आलटाल गरेको पौडेलको भनाई छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया