भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि ६ जनाकाे नाम ‘शर्ट लिस्ट’ मा

 साउन २८, २०७६ मंगलबार ९:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रारम्भिक रुपमा ६ जनाको नाम चयन गरिएको छ ।

प्रारम्भिक चयनमा परेकाहरुमा वर्तमान प्रशिक्षक रवि शास्त्रीकाे नाम पनि सामेल छ। त्यस बाहेक न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अस्ट्रेलियाका पूर्व खेलाडी तथा श्रीलंकाका प्रशिक्ष टम मूडी, वेस्ट इण्डिजका पूर्व खेलाडी तथा अफगानिस्तानका प्रशिक्षक फिल सिमन्स, भारतीय टिमका पूर्व म्यानेजर लाचन्द राजपूत र भारतकै पूर्व फिल्डिङ प्रशिक्षक रविन सिंंह छन् ।

आवेदन दिएकाहरुबाट कपिल देव नेतृत्वको समितिले ६ जनाको प्रारम्भिक नाम चयन गरेको हो । उनीहरुलाई अन्तरवार्ताका लागि बोलाउने र त्यसैबाट प्रशिक्षक छनोट गर्ने बुझिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया