प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बु : नेपाल बायुसेवा निगमको वाई १२ ई चिनियाँ विमानले सोलुखुम्बुको फाप्लुमा परीक्षण उडान गरेको छ ।
वायु सेवा निगमको ट्विनओटर विमानले मात्रै उडान भर्दै आएको फाप्लु विमानस्थलमा मगंलबार बिहान ९ बजे पहिलो पटक वाई १२ ई चिनियाँ विमानले सफल परीक्षण उडान गरेको हो । १४ सिट क्षमता भएको त्यस जहाजले ओखलढुगांको रुम्जाटारमा पनि मगंलबार नै उडान भरेको निगमका अपरेशन डाइरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानकारी दिनुभयो ।
२०७१ सालमा नेपाल सरकारले चीन सरकारको सहयोगमा ४ ओटा वाई १२ ई जहाज नेपाल भित्र्याएको थियो । त्यस विमानले१० दिनको अवधिमा पूर्वका भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको अपरेशन डाइरेक्टर ज्वारचनले बताउनुभयो ।
हाल त्यस जहाजले सुदूर पश्चिमका जिल्लाहरुमा उडान भर्दै आएको निगमले जनाएको छ । विशेषगरी त्यस विमान छोटो धावन मार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।