आरुबोटे सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी सीतालाई एनआरएनद्वारा सहयोग

 साउन २८, २०७६ मंगलबार १५:१६:२५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई घरमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी सीता खजुमलाई गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ ।

गएको जेठ ६ गते राति २ परिवारको वंश नै सखाप हुने गरी भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकालाइे परोपकारी परियोजनाअन्तर्गत १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

बालिकालाई केही राहत मिलोस् भनेर सहयोग गरिएको एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले वताउनुभयो । सहयोग रकम बालिकाकी आमा बुद्धमाया खजुमलाई हस्तान्तरण गरिएको हो ।

सीताको अहिले सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा रहेको शहीद स्मृति आवासीय विद्यालय कक्षा–९ मा अध्यय्रत छिन् । उनको सम्पूर्ण पालन पोषण र शिक्षा प्रदान गर्ने जिम्मा प्रदेश–१ को सरकारले लिएको छ ।

आरुबोटे हत्याकाण्डमा  बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या भएको थियो ।

अन्तिम अपडेट: चैत २१, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया