बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
अर्जेन्टिनालाई विश्वकप जिताउने होसे लुइस ब्राउनको ६२ वर्षको उमेरमा निधन भएको छ ।
अल्बिसेलेस्टका पूर्व मिडफिल्डर ब्राउन अल्जाइमर्स रोगबाट ग्रसित थिए । ब्रोनलाई अर्जेन्टिनी फुटबलमा टाटा को नामले चिनिन्छ । उनले अर्जेन्टिनाको लागि ३६ खेल खेलेका छन् । सन् १९८६ को विश्वकपबाट चर्चित भएका थिए ।
उनले देशको लागि पहिलो गोल जर्मनीको विरुद्धको खेलमा गरेका थिए । १९८६ को विश्वकप फाइनलमा अर्जेन्टिनाले जर्मनिलाई ३-२ ले गर्दै उपाधि जितेको थियो ।
त्यस खेलमा ब्राउनले अर्जेन्टिनी खेलाडी फोलक्लोरको स्थानमा मैदान प्रवेश गर्दै देशलाई उपाधि जिताउनका लागि गोल गरेका थिए ।
होसे लुइस ब्राउनले सन् २००७ देखि २००९ सम्म अर्जेन्टिनाकाे यू-१७ टाेलीकाे प्रशिक्षककाे जिम्मेवारी सम्हालेका थिए ।