धादिङमा जीप दुर्घटना हुँदा १० जना घाइते

 साउन २८, २०७६ मंगलबार १७:२५:९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को अमराईमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको निजी नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । स्थानीयवासी, प्रहरी र उद्धारकर्मीले घटनास्थलमा उद्धार गरिरहेको उद्धारमा संलग्न रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

घाइतेहरुलाई जिल्ला अस्पताल धादिङ लगिएको छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया