नेदरल्याण्ड्सलाई विश्वकप फुटबलकाे फाइनलसम्म पुर्‍याउने वेस्ले स्नाइडरले लिए सन्यास

 साउन २८, २०७६ मंगलबार १७:५५:३८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

नेदरल्याण्ड्स टिमका पूर्व मिडफिल्डर वेस्ले स्नाइडरले सन्यासको घोषणा गरेका छन् ।

सन् २०१० को विश्वकपमा नेदरल्याण्ड्सलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका स्नाइडरले १७ वर्षको खेलाडी करियर यात्राबाट विश्राम लिने निर्णय गरेका हुन् । उनले आफ्नो देशका लागि १३४ खेल खेलेका छन् । डच फुटबलकै सबैभन्दा धेरै क्याप जितेका स्नाइडरले ३१ गोल पनि गरेका थिए ।

क्लब फुटबलमा रियल मड्रिड र इन्टर मिलान उनका लागि निकै सफल रहे । रियल मड्रिडमा उनले एउटा ला लिगा उपाधि जितेका थिए । इन्टरमिलानमा एउटा सिरी-ए, दुईवटा कोपा इटालिया, इटालियन सुपर कप, युरोपेली च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जितेका थिए । सन् २००९–२०१० को एउटै सिजनमा उनले तीन उपाधि जितेका थिए ।

स्नाइडरले अब आफ्नो गृहनगरको उट्रेच फुटबल क्लबमा प्रशिक्षण गर्नेछन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया