पोखराकाे न्यूरोडमा भीषण आगलागी

 साउन २८, २०७६ मंगलबार १८:३६:४८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखराका न्यूरोडमा मंगलबार भीषण आगलागी भएको छ ।

भाटभटेनीसुपर मार्केटसँगै रहेकाे एस मिनी मार्केटमा आगो लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मिनी मार्केटमा रहेका शटरहरुमा आगाे लागेकाे हाे । घटनाको थप विवरण आउन बाँकी छ । आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ ।

झण्डै २ घण्टाको प्रयासपछि आगो निभाइएको थियो । आगो निभाउनका लागि स्थानीय, पोखरा महानगरपालिका, नेपाली सेनाको वारुणयन्त्र तथा केही निजी कम्पनीका पानी ट्यांकर प्रयोग गरिएको थियो ।

आगलागीको कारण भने अहिलेसम्म खुल्ल सकेको छैन । 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया