न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
इन्डियन प्रिमियर लिगमा आइतबार राति भएको खेलमा पञ्जाव चेन्नेइसँग ५ विकेटले पराजित भएपछि प्लेअफबाट बाहिरिएको छ ।
पुनेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले १९ ओभर ४ बलमा १ सय ५३ रन बनाएर अलआउट भयो । ७६ रन बनाउँदा चार विकेट गुमाएको पञ्जावका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन ।
उसका लागि करुन नायरले ५४ तथा मनोज तिवारीले ३५ र डेविड मिलरले २४ रन बनाउनु बाहेक बाँकि खेलाडी सस्तैमा आउट भए । पञ्जावलाई सस्तैमा आउट गर्न लुङगी नेगिडीले चार विकेट लिए ।
जवाफमा चेन्नेईले १९ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा सुरेश रैनाले ६१ तथा दिपक चाहरले २९ र हरभजन सिंहले १९ रन बनाए ।
पञ्जावको हारले राजस्थान रोयल्स मैदान बाहिर बसेर नै प्लेअफमा पुग्न सफल भयो । अब पहिलो क्वालिफायर्समा सनराइजर्स हैदरावाद खेल्नेछन भने इलिमिनेटर खेलमा कोलकाता र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।