अफगानिस्तान : विवाह समारोहमा आत्मघाती बम विस्फोट, दर्जनौँको ज्यान गएको आशंका

 भदौ १, २०७६ आइतबार ७:४३:५८ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको राजधानी काबुलमा विवाह समारोहमा शनिबार भएको आत्मघाती बम हमलामा दर्जनाैँकाे ज्यान गएको आशंका गरिएको छ । 

अफगाननिस्तानको गृह मन्त्रालयले बम हमलामा दर्जनौँ मानिसको ज्यान गएको जनाएको छ । यो विष्फोट शहरको शिया बहुल इलाकामा भएको हो ।

विवाह समारोहको रिसेप्सन हलमा आत्मघाती हमला गर्ने व्यक्ति आफू पनि बमसँगै उडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

सामाजिक सञ्जालमा शेयर गरएको तस्बिरमा घटनास्थल बाहिर केही मानिसहरु विलाप गरिरहेको देखिन्छ । अहिलेसम्म यो घटनाको जिम्मा कसैले पनि लिएको छैन । 

अफगानिस्तानमा पछिल्ला समयमा  ठूला हमला बारम्बार हुँदै आइरहेको छ । यसअघि एक प्रहरी चौकीमा भएको बम हमलामा १४ को ज्यान गएको थियो भने १५० भन्दा बढि घाइते भएका थिए । त्यसको जिम्मा तालिबानले लिएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया