भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले नागरिकको स्वास्थ्यमा खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भएको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडानप्रति लक्षित गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य संस्था बन्द गर्ने डाक्टरलाई कडा कारबाही गर्ने बताउनुभएको हो ।
राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न चिकित्सकहरुलाई सचेत गराउनुभयो । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि बताउनुभयो । राज्यमन्त्री अर्यालले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्धारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गर्न पटक–पटक आग्रह गरेको बताउनुभयो ।
राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठयारोमा पार्ने काम गर्न नहुने बताउनुभयो ।